Description
नेपाल पत्रकार महासंघका सभासद् एवं बाँकेबाट प्रकाशित नेपाली एक्सप्रेस दैनिकका सम्पादक शिव डोटेललाई प्रहरी सहायक निरीक्षक बत्तिकुमार पाखे्रेलको नेतृत्वमा रहेको प्रहरी टोलीले हातपात र आक्रमण गरी घाइते बनाएको छ ।
यही भाद्र २८ गते बिहीबार साँझ पत्रिकाको कार्यालयतर्फ जाने क्रममा पत्रकार डोटेललाई नेपालगञ्जको त्रिभुवन चोकनजिकै सहायक निरीक्षक पोख्रेलको नेतृत्वमा रहेको प्रहरी टोलीले बिनाकारण हातपात र आक्रमण गरेका थिए । आक्रमणबाट पत्रकार डोटेलको टाउकोमा गहिरो चोट लागी भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा टाउकोमा सात टाँका लगाइएको छ ।
| Credibility: |
 |
 |
0 |
|
Leave a Comment