Description
दैलेखका पत्रकार एवं पत्रकार महासंघ दैलेख शाखाका पूर्व उपाध्यक्ष नविन रिजालमाथि नेकपा माओवादीका दैलेख जिल्ला सेक्रेटरी अजित चन्दको नेतृत्वमा रहेको समूहले सांघातिक आक्रमण गरेको छ ।
भदौ ९ गते राती ९ बजे पत्रकार रिजालमाथि कोठा थुनेर मरणसन्न हुनेगरी भएको कुटपिट र ज्यान मार्ने धम्कीको घटनाप्रति पत्रकार महासंघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ती जारी गरेको छ । कुटपिटबाट रिजालको टाउको, ढाड र कोखामा चोट लागेको विज्ञप्तीमा उल्लेख छ ।
| Credibility: |
 |
 |
0 |
|
Leave a Comment