Verified

बनेपामा पत्रकारमाथि हातपात

01:55 Aug 7 2012 Chandani chowk, Banepa, Nepal

Description
काभ्रेबाट प्रकाशित हुने नयाँ सञ्चार दर्शन साप्ताहिकका सम्पादक उजाड रक्तिमलाई साउन २२ गते साँझ बनेपाको चाँदनी चोकमा दुई जनाले हातपात गरेका छन् । तरकारी किनेर घर फर्कने क्रममा साँझ ७ बजे उनलाई अपरिचित व्यक्तिले हातपात गरेका थिए।

घटनामा संलग्नमध्ये आइते भनिने पीडकलाई प्रहरीले खोजी गरिरहेको बताएको बनेपाबाट मधुसुधन गुरागाइँले जानकारी दिनुभएको छ ।

कुटपीटमा पर्ने पत्रकार उजाड आदिवासी जनजाती पत्रकार संघ काभ्रेको अध्यक्ष र पत्रकार महासंघ जिल्ला शाखा काभ्रेका कार्यसमिति सदस्य पनि हुनुहुन्छ ।
Credibility: UP DOWN 0
Leave a Comment
Name:
Email:
Comments:
Security Code:
13 + 7 =